Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

रेडमीका नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थप्ने घोषणा गरेको छ । यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ ।

यो सिरिज वास्तविक मी फ्यानहरुका लागि निर्मित गरिएको हो र हामी आशा गर्दछौं कि उनीहरुले औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई सरहाना गर्नेछन् किनकी हामी उत्कृष्ट विशेषताहरुका साथ उच्च गुणस्तरका उत्पादनहरु सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेका छौं ।’

उनले थपे, ‘हामीले पहिलो पटक मी पावर बैंक २ आईको साथ ब्राण्डको नयाँ कोटीमा पावर बैंक भित्र्याउन पाउँदा निकै खुशी छौं । हामी नेपालका मी फ्यानहरुले सुलभ मुल्यमा उच्च गुणस्तर प्रविधिको मज्जा उठाउन भन्ने चाहन्छौं र लामो समयदेखि देशमा पावर बैंकको बढ्दो बजारलाई अवलोकन गरेर हामीले पावर बैंकको नयाँ लाइनमा मी को पावर बैंक ल्याउने निर्णय गरेका छौं ।”

रेडमी नोट ९ प्रो म्याक्स — प्रो क्यामेरा, अधिकतम प्रदर्शन
शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ जसले पहिलो पटक सेगमेन्टमा प्राविधिक नवीनतालाई अगाडि धकेलेको छ ।

औरा ब्यालेन्स डिजाइन
औरा डिजाइन रेडमी नोट ७ सिरिजमा प्रस्तुत गरिएको थियो । यसले अहिले रेडमी नोट ९ प्रो म्याक्सका साथ प्यारडाइम शिफ्ट भएको छ । यसले सुधारिएको औरा ब्यालेन्स डिजाइन प्रस्तुत गर्दछ । १६.९सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्लेका साथ २०ः९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ र फ्रन्टमा भएको इन डिस्प्ले क्यामेराले नचहरुलाई हटाउँछ जसले यसलाई रेडमीको स्मार्टफानमा उपलब्ध अहिले सम्मकै ठुलो डिस्प्ले बनाउँछ ।

रियरमा क्वाड क्यामेरा सेटअप छ जुन पछाडि ग्लासमा सुरक्षित ढंगले बसेको छ र स्क्वायर डिजाइनले सबै लेन्सहरुमा लगातार फिल्ड अफ भ्यू सक्षम गर्दै लेन्सहरु स्विच गर्दै फोकसबाट कम शिफ्ट हुन सक्षम पार्दछ ।

प्रयोगकर्ताको अनुभवलाई बढाउनका लागि, रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्शीस लिनियर भाइब्रेसन मोटर विशेषता छ, र यो सेग्मेन्टमा यस विशेषता हुने एक मात्र डिभाइस बनेको छ । जेड एक्शीस लिनियर मोटरले यूआईमा १५० भन्दा बढि कस्टुम भाइब्रेसन प्याट्रनमार्फत फ्ल्यागसीपमा जस्तो ह्यापटिक अनुभव प्रदान गर्दछ ।

पर्फमेन्श
रेडमी नोट ९ प्रो म्याक्समा पर्फमेन्शमा केन्द्रित क्वालकम स्न्यापड्रैगन ७२०जी र ८एनएम चिपसेट छ जसमा कस्टुम Kryo आर्टिटेक्चर छ । यो 8 Kryo™ 465 cores (2 x Gold – Cortex A76 clocked at 2.3 GHz + 6 x Silver – Cortex A55 clocked at 1.8 GHz) द्वारा संचालित छ र ७५० एमएचजेडमा एड्रिनो ६१८ जीपीयू को साथै स्न्यापड्रैगन इलाइट गेमिङसंग जोडिएको छ । गेमिङ र पर्फमेन्शलाई बढाउन यस डिभाइसमा 2×2 MIMO वाईफाई छ जसले 2X थ्रुपुट सम्म, उत्कृष्ट लेटेन्सी, कभरेज र कल स्पष्टतालाई सक्षम बनाउँछ ।

शाओमीको आईएसआरओ र क्वालकम टेक्नोलोजीहरुसंगको गहन साझेदारीको परिणामस्वरुप क्वालकम स्न्यापड्रैगन ७२०जी को सपोर्टका साथ NavIC इन्ट्रीगेशन ल्याएर नेभिगेसनल टेकमार्फत छलांग मारेको छ । NavIC आईएसआरआको इन्डिजीनियस नेभिगेशन प्रणाली हो जसले १५०० किमी र भारत उपमहादीपको वरिपरि कम टाइम टु फिक्स र उत्कृष्ट एकुरेसीको अनुमति दिन्छ । रेडमी नोट ९ प्रो म्याक्सले स्लिम प्रोफाइल कायम राख्दै विशाल ५०२० एमएएच ब्याट्री प्रस्तुत गर्दछ ।रेडमी नोट ९ प्रो म्याक्स बक्समा ३३वाट्ट फास्ट चार्जरको साथ आउँछ ।

क्यामेरा : उत्कृष्ट गुणस्तर, अधिक रचनात्मकता
रेडमी नोट ९ प्रो म्याक्समा क्वाड क्यामेरा सेटअपको सुविधा सहित ६४एमपी सामसङ्ग आइसोसेल ब्राइट जीडब्लु१ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्यूका साथ ८एमपी अल्ट्रा—वाइड सेन्सर, उद्योग अग्रणी ५एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर छ ।

फ्रन्टमा ठुलो ३२एमपी सेन्सर छ जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफी र एआई फेस अनलक सक्षम गर्दछ । प्रयोगकर्ताहरुले पहिलो पटक रेडमी स्मार्टफोनमा अब अध्यारो वातावरणमा पनि सेल्फी लिन सक्छन् र यसका लागि फ्रन्ट क्यामेराको नाइट मोडलाई धन्यवाद ।

रचनात्मक र सृजनाकर्ताहरुलाई सक्षम गर्नका लागि रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि टुल जस्तै रियर क्यामेरा, दुवै मुख्य क्यामेरा र वाइड एन्गल सेन्सरमा सुपर स्टेबलाइजेशन छ ।

सुपर स्टेबलाइजेशनले ईआईएसको तुलनामा उच्च स्तरको स्थिरताका साथ प्रयोगकर्तालाई भिडियो सुट गर्न सक्षम गर्दछ । प्रयोगकर्ताले मुभी मोडमा सुट गर्न सक्दछन् जसले भिडियोमा २१ः९ फ्रेमको लागि अनुमति दिन्छ । ५ एमपी म्याक्रो सेन्सरले १०८० पी मा भिडियो रेकर्डिङ गर्न सक्षम गर्छ जुन यस सेग्मेन्टमा दुलर्भ छ ।

कलाइडस्कोप, दुवै रियर र फ्रन्ट क्यामेरामा भएको स्लो मोसन भिडियोले प्रयोगकर्तालाई इन्गेजिंग कन्टेन्ट बनाउन सक्षम गर्दछ । प्रो मोडमा भएको लग मोड, हिस्टोग्राम, फोकस पिकिंग, एक्सपोजर पिकिंगले कन्टेन्ट क्रेटरलाई आकस्मिक भिडियो निर्माणमा भन्दा धेरै राम्रो बनाउँन अनुमती दिन्छ ।
१०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई

१०००० एमएएच मी पावर बैंक २आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ । ८५५ सम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ ।

उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २आई मा पोलीकारबोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ ।

दुवै १०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई मा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ । यसका साथै मी पावर बैंक २आईमा वल्र्ड—क्लास सरकिट चिप प्रोटेक्सनको ९ तहहरु छन् र टेक्सास इन्स्ट्रुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ/डिस्चार्जिङ चिप छ । सुरक्षालाई सुनिश्चित गर्दै, यसले चार्जिङ कन्भर्जन दरलाई सुधार गर्दै डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउँछ ।

शाओमीका सबै पावर बैंकहरु हरेक चरणमा कडा गुणस्तर परिक्षणको ९ तहको र ३ स्तरको प्रोसेस इन्स्पेक्सन गरिन्छ ।

मुल्य र उपलब्धता
रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट—इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा ६जीबी+१२८जीबी र ८जीबी+१२८जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१,९९९ र रु ३४,९९९ मा उपलब्ध हुनेछ । मी पावर बैंक २आई दुई भेरियन्टमा —१०००० एमएएच र २०००० एमएएचमा क्रमशः रु १,८९९ रु ३,१९९ मा उपलब्ध हुनेछ । दुवै फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP