राजन कुमार बानियाँ
पर्सा । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पर्सामा निषेधाज्ञा गर्नुका साथै सिमा नाका सिल गरिएपनी नाकामा व्यापक तस्करी भईरहेको पाईएको छ ।
भारतिय सिमावर्ती सिकटामा खटिएका एसएसबीले सोमबार राती पेट्रोलसहित २ जलाई पक्राउ गरेको छ ।
तेल तस्करहरुले पर्साको धोबिनी गाउँपालिकामा रहेको पेट्रोल पम्पहरुबाट छिपहरमाई गाउँपालिकाको बुढगाई जयमंगलापुर नाकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरका विजय गिरी र बलथर थानाको भंवरी गाउँ निवासी जितेंद्र कुमार साह छन् ।
सीमामा खटिएका एसएसबी ४७ वीं बटालियनको जवानहरुले ६२५ लिटर पेट्रोल र डिजलसहित बाइक सवार दुई जना लाई पक्राउ गरेको हो ।
सिकटा एसएसबीका प्रभारी इंस्पेक्टर अनील कुमारले दिएको जानकारी अनुसार राती गस्ती गर्ने क्रमम सड़किया टोला गाउँ नजिक बोर्डर पीलर ४१० को समीपमा उनीहरुलाई चेकजाँच गर्दा १० वटा ग्यालिनमा ५७५ लीटर पेट्रोल र ५० लीटर डिजल बरामद गरेको हो ।
पक्राउ परेका उनीहरुले बिआर २२ के ३८५१ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरेका थिए । उनीहरुलाई बेतिया कस्टमलाई बुझाईएको एसएसबी प्रमुखले जानकारी दिएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया