Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०

कपिलवस्तु : कपिलवस्तु नगरपालिका-२ मोहोरियास्थित श्री शुक्रराज प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निकै न्यून भएकाले विद्यालयको अस्तित्व नै संकटमा पर्न लागेको छ। विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म कुल ९९ जना विद्यार्थी रहेको रेकर्ड विद्यालयले राखे पनि विद्यालयमा दैनिक जसो करिब ३० जना मात्रै विद्यार्थीहरुको उपस्थिति रहने गरेको छ।

सो विद्यालयपछि स्थापना भएका जिल्लाका अधिकांश विद्यालयहरु उमावि तहसम्म सञ्चालनमा आए पनि ६० वर्ष पुरानो यो विद्यालयको स्तर उन्नती हुन सकेको छैन्। प्रावि तहका ४ र बालविकासको १ दरवन्दीमा ५ जना शिक्षकहरु कार्यरत रहेको प्रधानाध्यापक अमरनाथ शुक्लाले बताए।

२ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको गठन हुन सकेको छैन्। अघिल्ला आर्थिक वर्षमा विद्यालयको भवन मर्मत सम्भार गर्न नसक्दा निकासा  भएको २ लाख रुपैयाँ फ्रिज भएको छ।

विद्यालयमा पठन पाठन राम्रो नभएका कारण गाउँकै विद्यालयमा नपढाएर आफ्ना बच्चाहरुलाई अर्को गाउँ वरगदवास्थित श्री भगवानदास माविमा पढाउंदै आएको स्थानीय अभिभावक ढोडे पासीले बताए। अब चाँडै नै विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालयको सुधारतर्फ अघि बढ्ने तयारी गरिएको स्थानीय अगुवा तथा वडा नं. २ का वडा सदस्य दुर्गेश पाण्डेयले बताए। पाण्डेयले भने, ‘पुराना शिक्षकहरु अवकाश भएपछि शिक्षक सेवा आयोगबाट आएका नयाँ शिक्षकहरुले शैक्षिक अवस्था सुधारका लागि मेहनत शुरु गरेका छन्।’ विद्यार्थीहरुको संख्या पनि बढ्ने क्रम देखिएको छ, उनले भने।

सो विद्यालय रहेको वडाका मोहोरिया र लम्तिया गाउँका विद्यार्थीलाई यो विद्यालय पायक पर्ने भए पनि उनीहरु अन्य गाउँका विद्यालयमा पढ्न जाने गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP