Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेम्वाङकाे निर्देशनपछि काठमाण्डाैका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम तीव्र

काठमाण्डौ – काठमाण्डौका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हाल्नेबित्तिकै सडक विभागलाई खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएको थियो । 

उहाँले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आउनुभएको छ । यसक्रममा शनिबार मन्त्री नेम्वाङले कलङ्की–नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डी पुर्न र  सवारी आवत–जावतलई सुचारु बनाइराख्न निर्देशन दिनुभयो । निरीक्षणका क्रममा काठमाण्डौ क्षेत्र नं ९ का  सांसद कृष्णगोपाल श्रेष्ठ र  प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियालगायत सहभागी हुनुहुन्थ्यो ।
    
चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, माइतीघर–तीनकुनेलगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गर्नुभएको थियो । नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाण्डौले जनाएको छ । 
    
सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा सडक मर्मतमा बढी बजेट बिनियोजन भएको जानकारी दिनुभयो । सडक बोर्डले चालु आ‍र्थिक वर्षमा झण्डै ७० प्रतिशत बजेट राष्ट्रिय राजमार्गको मर्मत तथा ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ । 

सरकारले सडक बोर्ड नेपाललाई अघिल्लाे आर्थिक वर्षमाभन्दा झण्डै तीन अर्ब रुपैयाँ बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको बताउँदै प्रवक्ता सापकाेटाले भन्नुभयो,‘गत वर्ष काठमाण्डौ उपत्यकाका सडक मर्मतमा कम बजेट छुट्याउने गरिएकामा चालु आर्थिक वर्षमा उपत्यकाका लागि बढी बजेट विनियोजन भएको छ । ‘

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP