Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुको मर्यादापुरबाट भारतीय सुरक्षाकर्मीद्वारा नेपाली नागरिक अपहरित

कपिलवस्तु – भारतीय सुरक्षाकर्मीले नेपाल भारत सीमाक्षेत्र अन्तर्गत मर्यादापुर सीमानाका नजिकबाट एक जना नेपाली नागरिकलाई अपहरण गरेका छन् ।

शनिबार दिउँसो २ बजे यशोधरा गाउँपालिका वडा नम्बर-८, मटेरियाका ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेका प्रहरीले जनाएकाे छ ।

सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका ४ जना भारतीय सुरक्षाकर्मीहरुले खानलाई अपहरण गरी सीमा पार भारतको खुनुवा बजार तर्फ लगेका प्रहरीले बताएका छन् । 

अपहरणमा परेका खानले सीमा पारी खुनुवा बजामा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका थिए । खानलाई भारत तर्फ मोटरसाइकल चोरी तस्करी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी चौकी मर्यादापुरका प्रहरीहरु र सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षाकर्मीहरुको गाडी रोक्न प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएका छन् ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP