Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

रुपन्देहीमा घाइते हुनेगरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

रुपन्देही – रूपन्देहीकाे सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा विद्यार्थी कुट्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई पिटेर घाइते बनाएका शिक्षक शैलेन्द्र बराईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

परिवारको उजुरीका आधारमा पक्राउ गरिएको मर्चवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषडराज ढकालले जानकारी दिनुभयो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने तौफिक धुनिया, शिक्षक शैलेन्द्र बराईको कुटाइबाट घाइते भएका परिवारले आरोप लगाएको छ । सम्बन्धित समाचार

गृहकार्य नगरेकाे भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट, स्कुल प्रशासन भन्छ– कुटपिट भएकाे छैन

कुटाइ खाने १० वर्षको बालकको बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार संभव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याएको बताउनुभयो । 

प्रधानाध्यापक सुरेन्द्र बराईले भने विद्यार्थीमाथी कुटपिट नभएको दावी गर्नुभएको छ । घटना गएको बुधबार भएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP