Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेकपा संसदीय दलको बैठकले प्रदेश ३ को राजधानी र नामबारे निर्णय गर्न सकेन

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठकले अझै प्रदेश ३ को राजधानी र नामबारे निर्णय गर्न सकेको छैन ।

तीन दिनदेखि चलिरहेको बैठकले प्रदेशको नाम र राजधानीबारे ठोस निर्णय गर्न नसकेको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । आइतबारसम्ममा मुख्यमन्त्री डोरमणि पौडेल, पार्टीका प्रदेश इन्चार्ज तथा सांसद अष्टलक्ष्मी शाक्यलगायत ६६ जना सांसद तथा नेताले आफ्नो धारणा राखेका छन् ।

धरै सांसदले प्रदेश राजधानी हेटौँडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरुले मान्ने बताएका छन् । राजधानी हेटौँडा राख्ने र नाम वागमती हुने नेकपा केन्द्रीय सचिवालयको बैठकविरुद्ध अभिव्यक्ति दिएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले आइतबारको बैठकमा अझै छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

धादिङबाट निर्वाचित सांसद डा. रामकुमार अधिकारीले यसमा अझै छलफलको आवश्यकता रहेको बताउनुभयो । चितवनबाट निर्वाचित कृष्ण खनालले पार्टीको निर्णयलाई लागू गरिनुपर्ने बताउनुभयो । बैठकमा केही सांसदले भने पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन् ।

सिन्धुलीका नेकपा सांसद विनोदकुमार खड्काले बैठकमा जति नै विरोध गरे पनि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नुपर्ने तर्क गर्नुभयो । आइतबार पनि निर्णय हुन नसकेपछि बैठक साेमबार बिहान ११ बजेका लागि फेरि बोलाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP