Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

१५ कराेड ५१ लाख राजस्व छली : ६ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाण्डाैकाे अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं समेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ ।उनीहरुविरुद्ध १५ करोड ५१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताउनु भयो । 

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरि १२ करोड ८७ लाख रुपैयाँ बिगो बराबरको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साह सहित दुई जनाले दुई करोड ६४ लाख रुपैयाँ बीगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP