Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

थारु समुदायको चाँड पर्वहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्नेः–नगर प्रमुख थारु ।।

राम अवतार चौधरी
कपिलवस्तु, ५ माघ ।

थारु समुदायको चाँड पर्वहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्ने बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले बताएका छन् । थारु कल्याणकारी सभा बाणगंगा नगर कार्य समितिको आयोजनामा भएकोे दुसरा बाणगंगा नगरस्तरिय माघी ¬(खिचडी) महोत्सवको समुद्धघाटन गर्दै नगर प्रमुख थारुल यस्तो बताएका हुन् ।

उनले भने– पछिल्लो समय थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिमा परिवर्तन आएको भन्दै यसलाई अब युवा पुस्ताले संरक्षण र प्रवद्र्धनमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए । अब भने थारु समुदाय बीच एकताको सन्देश दिनका लागि अलग अलग ठाउंँमा भन्दा पनि एक ठाउँंमा सबै मिलेर बृहत रुपमा मेला महोत्सवको आयोजना गर्न सके थप प्रभावकारी हुने नगर प्रमुख थारुले बताए ।

“थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रवद्र्धनके खातीर हम्मन अभियान, न्याय, समानता आउर पहिचान सहितके थारुहट स्वायत्त प्रदेशके निर्माण” भन्ने मुल नारा सहित कपिलवस्तुको बाणगंगा नगरपालिका–११, हथौसामा शनिबार देखि महात्सव सुरु भएको हो ।

यस्तै कार्यक्रममा पूर्व मन्त्री तथा पूर्व राजदूत दिपकुमार उपाध्यायले नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान छ भन्दै यसको संरक्षण र सम्वद्र्धन गर्दै सांस्कृतिक पहिचानलाई जिवन्त राख्न युवा पुस्ता क्रियाशिल हुनुपर्ने वताए ।

प्रतिनिधी सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं प्रतिनिधीसभा सदस्य अतहर मुसलमानले अन्य जात जातीको जस्तै देशका विभिन्न ठाउँमा छरिएर रहेका थारु समुदायको आफ्नै मौलिक र फरक पहिचान भएकाले यसलाई जोगाउनु पर्ने बताए ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि सम्पूर्ण थारु अगुवा, बुद्धिजिवी, समाजसेवी एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवमा नेपाल ब्रदर्स विजनेस हाउसका म्यानेजिङ्ग डाईरेक्टर धु्रवप्रसाद नेपाल, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, बाणगंगा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष सन्तराम रौतार, कञ्चन गाउँपालिका वडाअध्यक्ष हरिनारयण थारु, नागरिक समाजका जिल्ला अध्यक्ष दोलख बहादुर पछाई, समाजसेवी सर्जु चौधरी, राम शंकर चौधरी लगायतले बोल्दै थारु समुदायको भेषभुषा, भाषा, कला र संस्कृतिको संरक्षण तथा संम्बर्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

महोत्सवमा आइताबार देखि झुमरा, झर्रा, सजनी, बिरहनी, मयूर नाँच, लाठी नाँच, खुला नृत्य लगायतका प्रतियोगिता हुने महोत्सव संयोजक भग्गु प्रसाद थारुले बताए । त्यस्तै महोत्सवमा थारु खानाको परिकारहरु ढिकरी, घोङ्गी, खरियाँ, बरियाँ, खुर्मा, गेङ्गतक पाकउरी लगायत खानाहरु महोत्सवका मुख्य आकर्षण रहेका छन् ।

उक्त महोत्सवमा थारु कल्याणकारिणी सभाका नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता, बाणगंगंगा नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, रिता थारुको स्वागत तथा राजेश चौधरी र सिर्जना चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए । साथै सो महोत्सव यहि माघ ६ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP