Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जनसंख्याको आधारमा सरकारी निकाय ः–केन्द्रीय सदस्य थारु ।।

 

राम अवतार चौधरी
कपिलवस्तु, ८ माघ ।

थारु कल्याकारिणी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले जनसंख्याको आधारमा सरकारी निकाय देखि लिएर हरेक क्षेत्रमा सेवा सुविधा पाउनु पर्ने बताउनु भएको छ । थाकस शिवराज नगर कार्य समितिको आयोजनामा भएको प्रथम नगर स्तरीय माघी (खिचडी) महोत्सवमा सदस्य थारुले यस्तो बताउनु भएको हो ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै थारुले कुनै क्षेत्रमा सेवा सुविधा पाएको र कतिपय कुराहरू सरकारको नियम कानुन र कागजमै सिमित रहेको बताउँदै थारु समुदायको व्यक्तिमा चेतनाको स्तर माथि उठाउन जरुरी रहेको उहाँले बताउनुभयो । सदस्य थारुले भन्नुभयो थारूहरुमा शिक्षाको पहुँच भए पनि प्रभावकारी हुन नसकेको बताउँदै २, ४ कक्षा पढ्ने त्यस पश्चात् मजुदरी गर्न जाने अथवा बीचमै अध्ययन छोड्ने क्रममा व्यापक रहेको बताउनुभयो ।

यस बिषयको साथ–साथै गच्छदार, चौधरी, रौतार, महतो र दहित लगायतको पछाडि थारु लेखेर जनसंख्या बढाउन महत्त्वपूर्ण रहेको जनाउँदै थारु अगुवा, बुद्धिजीवी सहितले बिशेष ध्यान दिनु अति आवश्यक रहेको समेत सदस्य थारुले उल्लेख गर्नुभयो ।

यस्तै ५ नं. प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले कार्यक्रममा बोल्दै थारु कला, संस्कृति र पहिचानलाई जर्गेना गर्न थारुहरू चाँड पर्वको बेला बखतमा मात्रै होइन् अब जुनसुकै समयमा समेत आफ्नौ मौलिक पहिचान झल्किने पोशाक लगाउनुपर्ने अनि मात्र संस्कृति बचाउन सक्ने बताउनु भएको छ ।

आफ्नो कला, भेषभुषा, बोलीभाषा र संस्कृतिलाई संग्रहालयमा राखेर होइन् दैनिक जीवनमा प्रयोग गरेर बचाउन सक्ने बताउँदै अत्यन्तै बैरब शक्तिशाली संस्कृतिका धनी थारु समुदाय जुन अति सहनशील, लगनशील समुदाय हो जसको विशालता र बैरबताको बयान गरि साध्य छैन् । मधेसका धर्ती पुत्र थारु समुदायमा पहाडी मधेसी समुदाय जस्तो जातीय छुवाछूत भेदभाव छैन् । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म थारु भाषा केही फरक भए त पनि चुलो चौको देखि लिएर खानपिन र पोशाकमा समेत एकताको सन्देश रहेको उहाँले बताउनुभयो ।

केसीले भन्नू भयो थारु समुदाय अन्य समुदाय भन्दा एकदमै रोचक, बैरब शक्तिशाली र कला, संस्कृतिले भरिपुर्ण भएको सभ्य समाज मानिन्छ र हो पनि । र हरेक बर्ष यसरी नै माघी लगायत जुनसुकै पर्वको रूपमा आफ्नो समुदायको पहिचान सहित देशकै नाम चम्कडैँ जाओस भनी निरन्तरताको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो ।

त्यसैगरी शिवराज नगरपालिका उप(प्रमुख शिवकुमारी थारुले थारु समुदायको पछाडि झुन्डाइएको थारु रक्सी पिउने जात भनेर अन्य समाजले सम्बोधन गर्छ तर हरेक समुदायका व्यक्ति जो कोहीले पनि रक्सी पिउने गर्छ तर नाम थारुको आउँछ अखिर किन यस्तो ? प्रश्न गर्दै भन्नू भो रक्सी जुनसुकै समुदायका मानिसले पिउने गर्छ तर म के भन्छु थारु दाजु भाइ , दिदी बहिनीलाई लिमिटमा पिउनुस त कि बाटोमा अलपत्र होइन् गन्तव्य सम्म पुग्न सफल हुनुपर्छ । र साथै मादक पदार्थमा फर्जुल पैसा खर्चिनु भन्दा बरू शिक्षाको स्तरमा बृद्दि गरौँ उप–प्रमुख थारुले भन्नुभयो ।

यसैबीच अन्तिम दिन अर्थात् मंगलबार वरिष्ठ गायक श्रीनिवास चौधरी, गायिका समीक्षा चौधरी, गायक हरि नारायण चौधरी, श्याम सिटी, सरगम चौधरी, उत्तम चौधरी, मिलन चौधरी र मोडल रितु चौधरी लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन गराएको साँस्कृतिक संयोजक उत्तम सिटीले जानकारी दिनुभयो ।

माघी महोत्सवमा सो डान्स सहित ९ वटा प्रतिस्पर्धी टिम सहभागी भएका थिए जस मध्य थरुहट थरुवान डान्स ग्रुप हथौसा प्रथम विजेता बनेको छ भने दोस्रो स्थान दया डान्स ग्रुप उत्तररहतकोले जित हासिल गरेको छ । त्यसैगरी सान्त्वन पुरस्कार कञ्चनजंघा युवा कल्ब गोरुसिंगेले हात पार्न सफल भएको हो । तीनवटै बिजेता टीमलाई सम्मान पत्र र नगद पुरस्कारले आयोजकले सम्मान गरेको निर्णयाक संयोजक महादेव थारुले जानकारी दिनुभयो ।

महोत्सव थाकस शिवराज नगर कार्य समितिको इन्द्रबहादुर थाारुको अध्यक्षता, थाकस केन्द्रीय सदस्य जंजिर प्रसाद थारुको प्रमुख आतिथ्यता, ५ नं. प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगर उप–प्रमुख शिवकुमारी थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, शिवराज नगरपालिका वडा नं.२,३ का वडा अध्यक्ष राम बहादुर थारु, टेकलाल सापकोटा, थाकस जिल्ला सचिव राजेश चौधरी, सदस्य कृष्ण थारु लगायतको आतिथ्यता, जिल्ला अध्यक्ष उमाशंकर थारुको स्वागत र रञ्जित र सिमा थारुका सञ्चालन रहेको थियो । साथै माघ ५ देखि ७ गते मंगलबार सम्म चलेको महोत्सवका प्रवक्ता प्रकाश थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP