Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पत्रकार जिम्मेवार बन्नुपर्नेमा जोड,पत्रकार पाण्डे सम्मानित

माधव बेल्वासे,चन्द्रौटा

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव)ले नेपाली मिडिया जिम्मेवार बन्नुपर्ने बताउनुभयो । विभिन्न चुनौती सामाना गर्दै समाचार संकलन गर्ने पत्रकारहरुले समाज विकास र रुपान्तरण गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सरकार संचारकर्मीको पक्षमा रहेको जनाउनुभयो । प्रेस संगठन कपिलवस्तुले आयोजना गरेको जिल्ला भेला,सपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै कपिलवस्तु जिल्लामा विकासको गति सुस्त रहेको भएपनि दिर्घकालिन योजनाहरुको काम अघि बढी रहेको बताउनुभयो । जिल्लामा भौतिक पुर्वधारको निर्माणका योजनाहरु धेरै रहेको भन्दै हुलाकि सडक कालोपत्रे पुरा भएपछी ठुलो सफता हात पार्ने जनाउनुभयो । मधेशमा रहेका केहि विकृतिहरुले जरा गाडेकोले संचारकर्मीहरुले संचार माध्यम बाटै आम नागरिकलाई सचेत बनाउन सकेमा समाज सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
तिनै तहमा नेपाल कम्युनिष्ट पार्टीको सरकार रहेकोले स्थानिय प्रदेश र संघिय सरकारले गरेका कामहरुको प्रचार गर्न नसकेको बताउनुभयो । “विकास काम धमाधम भइरहेको छ,प्रचार कमि भएको छ, पत्रकारहरुले विशेष ध्यान दिनुहोला,” उँहाले भन्नुभयो “लामो समयको सर्घष पछि मात्र स्थायी सरकार पाएकोले जनता खुसी छन् ।” पुर्व कृषि मन्त्री समेत रहेनुभएका खनालले एमसिसिका लागि कार्यदलको प्रतिवेदनको आधारमा केहि बुदाहरु परिमार्जन गरेर पास गर्ने बताउनुभयो । जिल्लामा कृषि क्षेत्रमा परिवर्तन भएको भन्दै जोन सुपरोजन स्थापना गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पाटी नेकपाका केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले सरकारले विकासप्रेमी काम गरेको दावी गर्नुभयो । विगतका सरकार भन्दा अहिलेको सरकारले जनताको हितका कामहरु गरिरहेको भन्दै गरेका कामहरुलाई जनतासामू लैजानुपर्ने जनाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्ययले दुई अलग धारलाई केन्दित गरी नया योजनाका साथ पाटी संचालन भएको बताउनुभयो । चौथो अंगको रुपमा रहेको मिडियाले गलत कामको खबरदारी र सरकारले गरेका राम्रा कामहरुको खुलेरै प्रचार गर्नुपर्ने बताउनुभयो । आम नागरिकलाई सचेत बनाउने दायित्व संचार माध्यमको पनि रहेको भन्दै सहि, सत्य तथ्य समाचार सम्प्रेसण गर्न सुभाव दिनुभयो । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कतिपय संचारकर्मीहरुले आफुले गर्नुपर्ने काम भुलेर देशका उच्च तहमा रहेका व्यक्तिलाई गालि गलौच गरी सामाजिक संजालमा राख्ने गरेको हुदाँ यस्ता अनावश्यक काम नगर्न आग्रह गर्नुभयो । पत्रकारले सहि सत्य समाचार आम जनता सम्म पुर्याएर सुशुश्चित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल,बलराम अधिकारी,विष्णु पन्थि,लक्ष्मण बेल्वासेले जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । सोहि कार्यक्रममै प्रेस संगठनले प्रदान गर्ने सिपी शर्मा स्मृति पत्रकारिता पुरस्कार वाट पत्रकार जानु पाण्डेलाई सम्मान गरिएको छ । पुर्व मन्त्री बलदेवले पाण्डेलाई नगद दश हजार राशी सहित सम्मान गर्नुभएको हो । जनताको पक्षमा काम गर्न आग्रह गर्दै पाण्डेलाई सम्मान गरीएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP