Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘निर्भया’ काण्ड : चारै जना दाेषीलाई आउँदाे मार्च ३ मा मृत्युदण्ड दिइने

काठमाण्डौ – ‘निर्भया’ सामूहिक बलात्कार र हत्याका दाेषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले नयाँ मिति घाेषणा गरेकाे छ ।

यसअघि दुई पटक अदालतले मृत्युदण्डको मिति तय गरे पनि फरक–फरक आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो ।

सोमबारकाे नयाँ ‘डेथ वारेन्ट’ अनुसार अदालतले आउँदो ३ मार्चमा बिहान ६ बजे चारै जना दोषीलाई मृत्युदण्ड दिने तय भएको छ ।

मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता निर्भया बलात्कार घटनाका दाेषी हुन् ।

यसअघि अदालतले मृत्युदण्डको मिति जनवरी २२ तोकेको थियो तर एक जना दाेषीकाे निवेदन राष्ट्रपतिकोमा पुगेर रोकिएपछि मिति सरेको थियो । पछि अदालतले गएको फेब्रुअरी १ लाई तय गरेको थियो तर त्यो दिन पछि मृत्युदण्ड दिन सकिएन ।

निर्भयाकी आमा आशा देवीले नयाँ डेथ वारेन्ट जारी भएपछि आशा जागेको बताएकी छिन् । उनले यसपटक दाेषीहरुलाई सजाय हुने र कसैले पनि कानुनको बाहनामा फाइदा उठाउन नसक्ने विश्वास व्यक्त गरेकी छिन् ।

घटना के थियो ?

सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । चार जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।

एक जना अपराधी, जो घटना हुँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।

अहिले उनी वयस्क भइसकेका छन् तर नियमअनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन्, बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP