Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दिलिप हत्या प्रकरण : रिहापछि पक्राउ परेका हत्याका आरोपितहरुको रिट खारेज

धनुषा – मिथिला नगरपालिकाका दिलीप महतोको हत्या आरोपमा रिहा भएर फेरि पक्राउ परेकाहरुको रिट खारेज भएको छ ।

दिलिपको हत्या आरोपमा जिल्ला अदालत धनुषाबाट गएको बुधबार २५-२५ हजार रुपैयाँ धरौटीमा रिहा भएका क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो, बृजमोहन भनिने शत्रुधन महतो र रोशन यादवलाई तत्कालै प्रहरीले अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।

गएको शुक्रबार नै तीनै जना आरोपितका आफन्तले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय धनुषालाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरणकाे रिट दायर गरेका थिए । त्यस रिटमा सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश बालकृष्ण उप्रेती र उज्ज्वल शुक्लको संयुक्त इजलासले खारेज गर्ने फैसला गरेको हो ।

गएकाे पुस २५ गते बिहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई घरनजिकैको औरही खोलामा अवैध खोला उत्खनन रोक्न गएको बेला टिपरले कुल्चाएर हत्या गरिएको थियो ।

दिलिपको हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक विपिन महतो, कुल्चने टिप्पर चालक मुनिन्द्र महतो र लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

त्यसै घटनामा अन्य आरोपित भनिएका सत्यनारायण, बृजमोहन र रोशनलाई घटनामा प्रत्यक्ष संलग्नता नदेखिएको भनी अदालत २५–२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशलगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनले होहल्ला गरेपछि शान्तिसुरक्षा भंग गरेको आरोपमा प्रहरीले केहि समयमै अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्ति सुरक्षाको कसुर अन्तर्गत रिहा भएलगतै फेरि तीनै जनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP