Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भारत स्थित नेपाली राजदूतावासको अनुरोध – “भारत हुँदै तेस्रो मुलुक नजानु”

वैदेशिक रोजगारीका लागि जाने कैयन नेपाली भारतीय विमानस्थलबाट पनि जाने गरेका छन्। भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाँदा विभिन्न समस्यामा पर्ने गरेको खबर समय समयमा आउँछ। यस्तो समस्या निकै नै बढेपछि केही समय अघि भारतको बाटो हुँदै तेस्रो मुलुक जाँदा NOC अनिवार्य गरेको थियो।

यस्तो व्यवस्था ल्याउँदा ल्याउँदै पनि नेपालीहरूले भारतीय विमानस्थल प्रयोग गर्दै आइरहेका छन्। यसो भएपछि पुन: सूचना निकाल्दै भारतको बाटो भएर अन्य गन्तव्य मुलुक नजान दूतावासले आग्रह गरेको छ।

भारत हुँदै जान चाहनेको लागि कस्तो प्रावधान छ?

हालको लागि साउदी अरब, कतार, कुवेत, युएई लगायतका ९ देशमा भारतीय विमानस्थलबाट जान रोक लगाएको छ। तर वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (Employment permit) को स्टिकर लगाएर आएमा दूतावासले NOC जारी गरिदिन्छ। त्यसपछि भारतबाटै पनि जान मिल्छ।

किन यस्तो प्रावधान ल्याइयो?

विगतमा भारतीय विमानस्थल हुँदै ठुलो सङ्ख्यामा घरेलु कामदार खाडीका विभिन्न मुलुकहरूमा तस्करी गरी पठाउने गरिएपछि दूतावासले भारत हुँदै ती खाडी मुलुक जान रोक लगाएको हो। साथसाथै खुला सीमाको दुरुपयोग गरेर नेपालीको बेचबिखन र तस्करी बढ्न थालेपछि यो प्रावधान ल्याइयो।

व्यक्तिगत भिसामा इराक, लिबिया र लेबनानदेखि कतार, साउदी युएई, ओमान र बहराइन जानसमेत भारतीय विमानस्थल प्रयोग हुने गरेको छ। अनि यस्तै अवैध कामदार शोषणको उच्च जोखिम परेका हुन्छन्। नेपाल सरकारको यो कदमले यो समस्यामा कमी ल्याउने आशा राख्न सकिन्छ। साथसाथै विदेश जाने नेपालीले पनि अवैध बाटो नरोजी श्रम स्वीकृति लिएर त्रिभुवन विमानस्थलबाटै जाँदा समस्यामा पने जोखिम कम हुन्छ।

नेपाली राजदूतावास, भारतको सूचना:

नेपाली राजदूतावास, नयाँ दिल्ली, भारतको वेबसाइट

वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP