Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मकैको घोगामा दाना छैन : किसानको मनमा खुशी छैन

सिमरा/बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका किसान धनदेवी कार्की पहिले उखु खेती गर्नुहुन्थ्यो ।

ऋण खोजेर लगाएको नगदे बाली उधारोमा बेच्नुपर्ने र त्यसमाथी पनि समयमै भुक्तानी नहुने भएपछी गत वर्षदेखी उहाँले उखु छाडेर मकै खेती गर्न थाल्नुभएको हो ।

तर पहिलो वर्ष राम्रै आम्दानी दिएको मकैमा यसवर्ष घोगा नै लागेको छैन । लागेका घोगामा समेत दाना छैन । अहिले उहाँलाई बिउमै गरेको लगानी समेत नउठ्ने चिन्ता लाग्न थालेको छ ।

उखु छाडेर मकै लगाउन थाल्नुभएका अर्का किसान दीर्घमाया कार्कीलाई पनि यस वर्षको लगानी खेर जाने ठुलो चिन्ता छ ।

‘बर्षभरी मेहनत गरेर लगाएको उखु बेचेर समयमै पैसा नआउँदा घर चलाउनै मुस्कील भएर मकै लगाईयो ।’ उहाँले भन्न्ुभयो, ‘पोहोर राम्रै भएको थियो तर अहिले लगानी समेत खेर जाने भयो ।’

बडहर्वाकै अर्का किसान शिव कुमार कार्कीले पनि उखु छाडेर डेढ बिगाह खेतमा मकै लगाउनुभएको छ । अहिले खेतभरी हराभरा मकैका बोट छन्, तर ऋण खोजेर लगाएको मकैमा घोगा नलाग्दा उहाँको मन भने हराभरा छैन ।

‘सानाकिसान कृषी सहकारीबाट ऋण लिएर अढाइ बिगाह जतिमा मकै लगाएको छु ।’ उहाँ भन्नुहुन्छ, ‘घोगामा लाग्नुपर्ने दाना धानचमरामा लागेको छ । यस वर्ष मकैले ऋणमा डुबाउने भयो ।’

राम्रो आम्दानी हुने आशमा लगाएको मकैको घोगामै दाना नदेखिएपछी बढहर्वाका किसान शोभा गिरीले भने बोट नै काटेर गाईबस्तुलाई खुवाउन थाल्नुभएको छ ।

बोट राम्रो भएपनि घोगा नभएको र भएका घोगामा समेत दाना नदेखिएपछी गाईबस्तुलाई खुवाउनुको बिकल्प नभएको उहाँले बताउनुभयो ।

शोभाले भन्नुभयो, ‘चार कठ्ठामा लगाएको मकैका बोट सप्रिँदै आएकाले यसवर्ष पोहोर भन्दा राम्रो हुनेभयो भन्ने लागेको थियो । तर टुप्पोमा दाना लागेर घोगा रित्तै देखिएपछी आश नै मरेर गयो ।’

जितपुरसिमरा, कलैया, करैयामाई, कोल्हबी लगायतका गरि तीन सय बिगाहामा लगाईएको मकैमा यो समस्या देखिएको छ ।

हिउँदे मकै बालीमा परागसेचन हुने बेलामा तापक्रम नमिल्दा पनि यस्तो समस्या देखापर्ने गरेको भएपनि तत्काल यकिन साथ केहि भन्न नसकिने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव बताउनुहुन्छ ।

बाराका किसानले खेतमा लगाएको मकै । घोगा र दाना नलाग्ने भएको मकै धानचमरामा यसरी दाना लागेको छ । तस्बिर : अविनाश आचार्य ।
‘अधिकांश हामीले सिफारिस नगरेको जातमा यो समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘ केहि सिफारिस भएकै जातमा पनि समस्या आएकाले तत्काल यहि कारण हो भनेर भन्न सक्ने अवस्था छैन ।’

यसको वास्तविकता अध्ययनका लागि केन्द्र र प्रदेशबाट बिज्ञ मगाईएको उहाँले जानकारी दिनुभयो ।

वार्षिक ५० हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको जिल्लामा यस वर्ष भने उत्पादनमा कमी आउने अनुमान गरिएको छ । लगानी समेत नउठ्ने भएपछि मकै किसान अहिले ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP