Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हेलम्बुका विद्यालयमा अनिवार्य करेसाबारी

सागर खड्का, रेडियो मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य करेसाबारीको अवधारणा लागू गरेको छ । यो कार्यक्रम लागू भएपछि जंकफुड खानुपर्ने विद्यार्थीको बाध्यता हटेको छ ।

भूमेश्वरी माध्यामिक बिद्यालय हेलम्बु २ किउलमा अध्ययनरत करुणा गुरागाईँ हिजोआज निकै खुशी हुनुहुन्छ । करेसाबारी कार्यक्रमले आफूहरूलाई पढ्न निकै सजिलो बनाएको उहाँको भनाइ छ ।

करुणाले भन्नुभयो, ‘खुशी लागेको छ । हामीलाई सजिलो भएको छ । लेख्नको लागि प्राक्टिकल पनि भइरहेको छ । अहिले हामीले करेसाबारीमा काम गरिहेका छौं, भोलीपर्सी यहाँ फलेको चिज हामीलाई खाजा पनि हुन्छ । बाहिर किन्दा एक त पैसा खर्च हुन्छ, अर्को जंक फुड स्वास्थ्यका लागि राम्रो पनि होइन ।’

करुणा जस्तै यहाँका सबै शिक्षक, विद्यार्थी र अभिभावक करेसाबारीको अवधारणाबाट खुशी छन् । विद्यालय हाताभित्र आफैँले मेहेनत गरी उत्पादन गरेको ताजा तरकारी खान पाउँदा खुशी लागेको अर्का विद्यार्थी सुधा गुरागाईँले बताउनुभयो ।

सुधाले भन्नुभयो, ‘अब हामी सबैको पेशा एउटै हुँदैन । घरमा काम गर्दा पनि यसले सहयोग पु¥याएको छ । परीक्षामा लेख्न पनि धेरै सजिलो भएको छ । पढेको मात्रै भन्दा देखेको सजिलो हुन्छ नि त ।’

गाउँपालिकाले ४५ लाख बजेट विनियोजन गरेर ३४ वटा सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम सुरुवात गरेको हो । यो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकहरूले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् ।

तरकारी उत्पादनको लागि अभिभावकहरूले प्राङ्गारिक मल, बिउ उमार्ने, टनेल हाल्ने, बिउ रोप्नेजस्ता काममा सहयोग गरेका छन् ।

सातधारा आधारभुत विद्यालयका शिक्षक सोम ज्योतिले भन्नुभयो, ‘गाउँपालिकाले विशेष गरी खाजा कार्यक्रमलाई लक्षित गर्दै किचन गार्डेन, गाईबस्तुको मलबाट उत्पादन हुने, स्थानीय खानेकुराहरू, त्यसको लागि आफ्नै उत्पादन गर्ने । किन्न पनि नपर्ने । यहीँको तरकारीहरू उत्पादनको लागि गाउँपालिकाको पत्राचार अनुसार हामीले विद्यालयमा बिउविजनहरू उत्पादन गरेका छौं ।’

विद्यालयमा बनिबनाउ खानेकुरा (जंक फुड) को प्रयोग बढेपछि यसको नियन्त्रणको लागि गाउँपालिका भित्रको प्रत्येक विद्यालयमा करेसाबारी कार्यक्रम लागू गरेको गाउँपालिकाले जनाएको छ ।

अभिभावकहरूलाई कृषिमा आत्मनिर्भर बनाउने र विषादीरहित खानेकुरामा प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खाजा कार्यक्रम छ, नेपाल सरकारको । तरकारी कि त किनेर खुवाउनु पर्छ । प्रत्येक विद्यालयमा अहिले किचन गार्डेन भनेर गाउँपालिकाले लगानी गरेर ग्रिन हाउस दिएको छ । बनाउन सिकाइरहेका छौं । बिउ दिएका छौं । उहाँहरूलाई बोलाएर तालिम दिइरहेका छौं । ’

अध्यक्ष शेर्पाले अगाडी भन्नुभयो, ‘विद्यार्थीले त्यहाँ खाने बानी लागिसकेपछि घरमा गएर बुवाआमालाई सिकाउँछन् । हाम्रो स्कुलमा त त्यही तरकारी रोपेर खायौं, कस्तो राम्रो भयो । घरमा पनि रोपौं भन्छन् ।’

३४ वटा सामुदायिक विद्यालयमा सुरु गरिएको यो कार्यक्रमबाट झन्डै ६ हजार बालबालिका लाभान्वित भएका छन् ।

विद्यालय करेसाबारी कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यमा फाइदा पुग्नुका साथै उनीहरूलाई उत्पादनशील बनाउन सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP