Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नक्कली लाइसेन्स बनाइदिएकाे आरोपमा एक महिला पक्राउ

धनुषा – नक्कली सवारीचालक लाइसेन्स बनाइदिने काममा संलग्न भएकाे आरोपमा जनकपुरबाट एक महिला पक्राउ परेकी छिन् ।

सर्वसाधारणसँग पैसा लिएर नक्कली मोटरसाइकल चालक अनुमति पत्र बनाउने गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-९ की रुवी मिश्रलाई पक्राउ गरिएाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेकी मिश्रलाई जिल्ला अदालत धनुषामा पेश गरी ४ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयाे ।

प्रहरीले सवारी जाँचका क्रममा महोत्तरीको गौशाला नगरपालिका-१२ बस्ने हरि नारायण भन्ने कृष्णदेव कुशवाहाको लाइसेन्स नक्कली फेला परेको थियो । त्यस सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कृष्णदेवले आफूलाई रुवी मिश्रको छोरा चन्दन सिंहले ५ हजार रुपैयाँ लिएर लाइसेन्स बनाइदिएको बयान दिएका थिए ।

अनुसन्धानका क्रममा रुवी मिश्रले लाइसेन्स बनाइदिने नाममा चारवटा गाउँका सर्वसाधाराणका ६० हजार रुपैयाँ भन्दा बढी उठाएको तथ्य विभिन्न ठाउँबाट आएकाले उहाँलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

मिश्रविरुद्ध ठगी आरोपमा पहिलेदेखि नै केही उजुरी रहेकाे र पक्राउपछि अझै उजुरी थपिन थालेको प्रवक्ता कार्कीको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP