Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भारतको मेघालयमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा २ जनाको ज्यान गयो, शिलोङ शहरमा कर्फ्यु

काठमाण्डाै – भारतको उत्तर–पूर्वी प्रान्त मेघालयको पूर्वी खासी हिल्समा नागरिकता संशोधन कानुन (सीएए) को विरोधमा भएको प्रदर्शनमा झडप हुँदा दुई जनाको ज्यान गएको छ ।

झडपमा दुई जनाको ज्यान गएपछि शिलोङ शहरमा कर्फ्यु लगाइएको छ तथा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

शनिबार बिहान शिलोङको ठूलो बजार क्षेत्रमा खासी छात्र सङ्घ (केएसयू) का सदस्य र गैरआदिवासी समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउने मध्ये एक जनाको खासी सङ्घका  नेताको रुपमा पहिचान भएको छ ।

नागरिकता संशोधन कानुन र इनर लाइन परमिट (आईएलपी) को मुद्दालाई लिएर निकालिएको एक जुलुसका क्रममा झडप भएको हो ।

झडपको क्रममा चाक्कु प्रहार हुँदा कम्तीमा ६ जना घाइते भएका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ ।

हिंसा भड्किएको दिल्लीको अवस्था भने सामान्य बन्दै गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । सुरक्षाबलकाे कडा निगरानीसँगै दिल्लीको अवस्था सामान्य बन्दै गएको हो ।

आइतबार बिहान कतै पनि हिंसाका घटना नभएकाे बताइएकाे छ । नागरिकता विधेयक संसोधनलाई लिएर उत्पन्न भएको विवादपछि हिंसा भड्किँदा दिल्लीमा मात्रै ४२ जनाकाे ज्यान गएकाे छ । आठ सय ८५ जनालाई पक्राउ गरिएकाे भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP