Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ र ३ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न ।। नेकपा का नेता १५ पुन वर्ष पछि रा.ज.मो मा प्रवेश ।।

नवराज पौडेल माघ १८ गते

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । आईतबार भिम बहादुर सोमैको अध्यक्षतामा सम्पन्न भेलाले शिवराज नगरपालिका वडा नं २ स्तरिय ९ सदस्यीय समीती गठन गरेको छ । जसको उपाध्यक्षमा ज्ञान प्रसाद अधिकारी सचिव देवि कुमारी छहारी मगर, कोषाध्यक्ष रहिस मिदुन मगर, सदस्यहरुमा हिमा पुन मगर,राम बहादुर श्रीस, तिलक राहदी, र सल्हाकारमा देविराम अर्याल, मेनुका वि.क चयन हुनुभएको छ ।

विगत २०६० साल देखि माओबादी अर्थात नेकपा मा प्रवेश गर्नुभएका पुर्व राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य समेत रहुनु भएका ज्ञान प्रसाद अधिकारी १५ वर्ष पछि पुन रा.ज.मो मा प्रवेश गर्नुभएको छ । विगतमा बाध्यता वस माओबादीमा प्रवेश गर्नु परेको गुनासो गर्दै अव का दिनमा रा.ज.मो लाई नछोड्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । यसै विच आईबार नै शिवराज नगरपालिका वडा नम्वर ३ धनगडामा मा कल्पना सुनारको अध्यक्षतामा ११ सदस्यीय टोल समीती गठन गरिएको जनाइएको छ ।

जस अनुसार उपाध्यक्षमा सुर्य बहादुर खत्री सचिव वेलौता वि.क, कोषअध्यक्ष शान्ता राना, सदस्यहरु क्रमश देविका वि.क,पुनम कुमारी सुनार, मधु खनाल,सुनिता पुन, टेक प्रसाद वि.क, दिल कुमारी वि.क,सुर्य विक चयन हुनु भएको छ । अर्जुन पौडेल, झक बहादुर वि.क, करण पुन मगर,र प्रकाश वि.क सल्हाकारमा रहनु भएको छ ।

भेलामा रा.ज.मो.का जिल्ला परिचालन समिती सदस्य तथा अन्टुक का केन्द्रिय सदस्य केयर सिहं अदै,मुल प्रवाह एकता समाजका केन्द्रिय सदस्य नारायण शर्मा, जातिय समाता समाजका जिल्ला सचिव प्रकाश वि.क लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP