Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोनाको सन्त्रासः एक महिना सार्वजनिक बिदा दिन चिकित्सकको अनुरोध

काठमाण्डौ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सन्त्रास नेपालमा पनि फैलिएको छ । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्रमण फैलिन पाएको छैन । तर यतिमै ढुक्क भएर बस्न सकिने अवस्था नरहेको भन्दै चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् ।
चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी, कार्यलयमा कार्यरत कर्मचारी लगायत आ आफ्नो घर जाने भएकाले काठमाण्डौ सुरक्षित राख्न सकिने भन्दै सरकार समक्ष सार्वजनिक बिदाको लागि आग्रह गरेको बताइएको छ ।
शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूलाई कोरोनाको संक्रमण नपाइएको बताइएको छ ।
यसैबिच, शिक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न मन्त्रालयले निर्देशन पनि दिएको छ।
सरकारले स्कुलको वार्षिक परिक्षा चैत्रको ५ भित्र सक्नपनि निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP