Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अफगानिस्तानमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गयाे

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ ।

अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजकाे जवाफी कारबाहीमा गोली चलाउने दुई जना मारिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ । गएको शनिबार अमेरिका र तालिवानी लडाकूबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने शर्तसहित शान्ति सम्झौता भएपछि अफगानिस्तानमा भएको यो सबैभन्दा ठूलो घटना हो । त्यो सम्झौताले अफगानिस्तानमा शान्ति ल्याउने आशा गरिएको थियो ।

आईएसआईएस भने सम्झौतामा सहभागी थिएन । अफगानिस्तानमा चलिरहेको द्वन्द्वका कारण २४ सय भन्दा धेरै अमेरिकी सेनाको ज्यान गैसकेको छ भने झण्डै १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP