Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

स्वास्थ्य प्रति सचेत रहन नगरबासीलाई नगर प्रमुख शाह को अपिल

कृष्णनगर, २४ फागुन

कपिलवस्तु को कृष्णनगर नगरपालिका ले नेपालको छिमेकी देशहरु सहित विभिन्न देशमा फैलिरहेको कोरोनाको संक्रमणबाट जोगिन साबधानी अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको भन्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनलाई मध्यनजर गर्दै नगरपालिकाले सबै नगरबासीहरुलाई साबधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना भाईरसबाट बच्न स्वास्थ्यकर्मीहरुले दिईरहेका सुझाबहरुको अबलम्बन गर्दै होसियारी अपनाउन आग्रह गरिएको नगर प्रमुख रजत प्रताप शाह ले बताए. साथै बजारमा औषधीजन्य बस्तुहरुको अभाव र कालोबजारी हुने गरेको गुनासो बाहिरीएको भन्दै उपभोक्ता अधिकारमा बिषेश ध्यान दिन समेत औषधी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

स्वास्थ्यकर्मीहरुले भनेका गतिबिधीहरु भेला, सम्मेलन, सभा तथा भिडभाड नगर्न र सहभागि नहुन समेत नगरबासीलाई अपिल गरेको छ । त्यसैगरी होली पर्वलाई पनि यसबर्ष संबेदनशिता सँग जोड्दै नखेल्न आग्रह गरेको छ । होली खेल्दा भिडभाड हुने, पानीले भिज्ने र रंगहरु दल्ने हुदा त्यसले यो अबस्थामा स्वास्थ्यलाई असर गर्ने देखिएको भन्दै सचेत गराएको छ । नगरवासिको स्वास्थ्य प्रति स्थानिय सरकार प्रतिबद्ध रहेको नगरपालिका ले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP