Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकले बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामाको मृत्यु भएको हो । लामालाई उपचारको लागि ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण भैरव चौर नजिकै बुधबार बेलुकी नम्बर खुल्न नसकेको सवारी साधनले बा ३१ प ७५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरका ३४ वर्षीय जंग बहादुर चौधरी रहेका छन् । उनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP