Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कक्षाभित्र परीक्षा, चाैरमा व्यवस्थापन समितिका अध्यक्षकाे छाेराकाे बिहे भाेज

महोत्तरी – औरही नगरपालिका ८ मा रहेको सोनामाई आधाभूत विद्यालयमा परीक्षा चलिरहेकै समयमा चाैरमा बिहे भाेजकाे आयाेजना गरिएकाे भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

वार्षिक परीक्षा सञ्चालन भैरहेकाे समयमा विद्यार्थीलाई असर पर्नेगरी चाैरमा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवका छाेराकाे बिहे भाेजकाे आयाेजना गरिएकाे थियाे ।

वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाउँदै समाजमा भएका गलत गतिविधिलाई गलत भनेर विरोध गर्नुपर्ने स्थानीयकाे भनाइ छ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी यादवसँग आइतबार लिखित स्पष्टीकरण माग गरिएको बताउनुभयाे ।

जिल्ला शिक्षा समन्वय इकाई महोत्तरीका प्रमुखशत्रुध्न प्रसाद यादवले विद्यालय समुदायको सम्पति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानीयले नै उचित भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे ।

प्रमुख यादवले यस सम्बन्धमा विस्तृतमा बुझेर प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP