Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

‍परिवार खुशी भए मधुमेहको जोखिम कम !

काठमाण्डाै – आज विश्व मधुमेह दिवस  । मधुमेह उपचारमा पहुँच भन्ने नाराका साथ  मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका बिरामी बढिरहेका बताउनुभयो । उहाँका अनुसार तनाव बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ ।

उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, डाक्टरको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो । यस्तै, मधुमेह रोग वंशानुगत रूपमा समेत लाग्ने हुन्छ । बाबुआमालाई मधुमेह भएको छ भने छोराछोरीलाई पनि हुने सम्भावना हुन्छ । यस्तै, बढी तौल भएकाहरुलाई पनि मधुमेह देखिने गरेको डाक्टरले बताएका छन्  ।

५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नै नहुने पनि डाक्टरले बताएका छन्  । छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, विनाकारण तौल घट्दै जानु, थकाइ धेरै लाग्नु, घाउ–खटिरा सजिलै ठीक नहुनु, सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु मधुमेहका लक्षण हुन् ।

यो रोगले दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु र रक्तनलीमा असर गर्छ । मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मधुमेहलाई नियन्त्रणमा राख्न नसके मिर्गौलामा असर गर्ने बताउनुभयो । हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनु पर्न उहाँले बताउनुभयो ।

पछिल्लो समय युवा र बालबालिकामा समेत मधुमेहको समस्या बढ्दै गएको छ । तनाव, चिन्ता, अस्वस्थकर खानपान, अनिद्राको समस्या, शारीरिक तथा मानसिक रुपमा सक्रियता कम हुँदा पनि युवा र बालबालिकामा मधुमेहको समस्या बढ्दै गएको वीर अस्पतालका डाक्टर दीपक मल्लले बताउनुभयो ।

मधुमेहलाई नियन्त्रण गर्न औषधि, व्यायाम र सन्तुलित खानपानसँगै पारिवारिक वातावरण पनि महत्त्वपूर्ण हुने डाक्टरले बताएका छन् । परिवारमा खुशी भए तनाव कम हुने र तनाव कम भए मधुमेहको जोखिम कम हुने डाक्टरको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP