Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

विधान संशोधन गर्न आजदेखि रेडक्रसको विशेष महाधिवेशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आजदेखि विशेष महाधिवेशन गर्ने भएको छ। विधान संशोधनलगायतका लागि आज र सोमबार विषेश महाधिवेशन गर्न लागिएको हो।

अध्यक्ष नेत्रप्रसाद तिम्सिना र महामन्त्री पिताम्बर अर्यालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विधान संशोधन प्रक्रियामा सहभागिताका लागि अपिल गरेका छन्।

सात प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्ला शाखा कार्यालय, स्थानीय तहमा १,५५४ उपशाखा कार्यालयहरू र ६,५३८ जुनियर तथा युवा सर्कलहरूको सांगठनिक स्वरूपबाट रेडक्रस क्रियाशील छ।

डक्रसको नवीकरणलगायत अन्य वैधानिक दायित्व पूरा गर्ने कार्यादेशसहित मन्त्रीस्तरीय निर्णयबाट ०७७ साउन १२ गते तदर्थ कार्यसमिति गठन भएको थियो। तदर्थ समितिले नयाँ ढंगले सञ्चालन गर्न संस्थाको मौजुदा विधानमा सुधार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको पनि उनीहरूले जनाएका छन्।

प्रस्तावित मस्यौदामा मुख्य रूपले संस्थाको शासकीय स्वरूप र व्यवस्थापनमा परिवर्तन, संस्थाका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता, राज्यको संघीय संरचनाअनुसार संस्थाको संरचना निर्माण तथा पालिकाअनुसार नेरेसोका उपशाखाहरू अनुकूलन हुने व्यवस्थालगायत संस्थाको जुनसुकै कार्यसमितिका पदाधिकारीको अधिकतम् दुई कार्यकालको व्यवस्था समावेश गरिएको छ।

तदर्थ समिति गठन भएपश्चात् रेडक्रस सोसाइटीको ऐन निर्माणका लागि उच्च तहमा पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ। मस्यौदा ऐन तयार गरी गृह मन्त्रालयमा पेश गरिएको छ।

संस्थामा निर्वाचन गराई नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने ठोस कार्ययोजनासमेत तयार गरी कार्यान्वयन भइरहेको दाबी विज्ञप्तिमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP