Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपालमा डेङ्गीको लक्षण देखा पर्याे, ३६ जनामा सङ्क्रमण

काठमाण्डौ – नेपालमा डेङ्गी रोगको लक्षण देखा परेको छ । पुसकाे दाेस्राे हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना  डेङ्गीको बिरामी फेला परेका हुन् ।

यस्तै वाग्मती प्रदेश अन्तर्गत नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको छ । गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP