Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नगरपालिकालाई नेकपाको ज्ञापनपत्र

कपिलवस्तु, २ चैत
नेकपा महाराजगंज नगर कमीटी कपिलवस्तुले महाराजगंज नगरपालिकाको कार्य सम्पादन प्रति असन्तुष्टि जनाउदै नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुखका नाममा रहेको ज्ञापनपत्र नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष बिजय प्रकाश जयसवाल नेतृत्वको टोलीले नगर प्रमुखको अनुपस्थितीका कारण लेखा अधिकृत दिलिप कुमार सिंहलाई बुझाएको हो ।
बुझाईएको ज्ञापनपत्रमा नगरपालिकाका सुधार गर्नु पर्ने १२ वटा बुदा उल्लेख गरि सो बुदाँमा सुधार नगरीए कार्यालयमा तालाबन्दी लगायतका प्रजातान्त्रिक आन्दोदनका कार्य गरिने चेतावनी दिईएको छ ।
नेकपा नगर कमिटीले दिएको ज्ञापनपत्रको बुदाँहरुमा सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता हाल सम्म बितरण नगरिएको, शिक्षा ऐन स्वऐच्छाचारी ढंगले पारित गराईएको, वडा नम्बर १ को सडक निर्माण नभएको तर सोही सडकको गत आवको १ करोड फ्रिज भएको, उपभोक्ता समिती गठन पारदर्शि नभएको, दलगत भावनाबाट प्रेरित भई सेवा प्रवाह गरिएको, छनौट गरिउका योजना असन्तुलित रहेको, नगरमा सर्वदलिय बैठक तथा समन्वय नगरिएको, कार्यकर्ताका लागी बितरणमुखी बजेट बिनीयोजन गरिएको, नगरको एउटा मात्रै क्याम्पस भए पनि पालिका उदासिन रहेको र लामो समय प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित हुदाँ कार्यलयको कार्य अबरुद्ध भएको लगायत छन । ज्ञापनपत्रको बोधार्थ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिईएको छ ।
Seen by Gm Gupta Manish at Thursday 9:18pm

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP