Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विषाक्त रक्सी खाएर ज्यान गुमाएकाका परिवारलाई तीन लाख दिइने

धनुषा – प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन-तीन लाख रुपैयाँ दिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप  तीन लाख रुपैयाँ उपलब्ध गराइने बताउनुभएको हो ।

आइतबार मुख्यमन्त्री राउतले क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँका पीडित परिवारलाई भेट्नु भएको थियो । उहाँले विषाक्त जाँडरक्सी बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानुनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाँडै ‘खुला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराउनुभयो ।

मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सुरक्षा समितिको बैठकमा खुला मदिरा नियन्त्रणबारे निर्णय हुने बताउनुभयो ।

उहाँले दोषीमाथि कारबाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताउनुभयो । रम्दैयामा विषाक्त रक्सी खाएर ज्यान गुमाएका १४ परिवारलाई आइतबार सांसद रघुविर महासेठले काजकिरियाका लागि २० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP