कपिलवस्तु १२ मंसिर कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ महुवाका १३ वर्षिय श्रृजना यादव रहेकी छिन् । नगरपालिकाको ५ वटा वडामा हैजाका विरामी देखिदा बुद्धभुमीका नगरप्रमुख केशव कुमार श्रेष्ठ भने भोट माग्न व्यस्त रहेका छन् । नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा उनी व्यस्त रहेका छन् ।। जिल्लामा असोज १८ गते देखिएको फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । बुद्धभूमि ७ मानपुरमा असोजको पहिलो साता साढे २ वर्षको वालिकाको समेत झाडा पखालाको कारण ज्यान गएको थियो ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका थप ३ पालिकामा हैजा देखिएका बताइएकोे छ । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका छन् । बुद्धभूमिका ५ वडा र मायादेवीको वडा नं. ७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका वडा नं. ५,६,७,८र १० वडामा बिरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया