राम प्रघट कोरी चैत्र ४
विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सराहनीय काम गर्दै आएकी छन् । उनको कामले धेरै नागरिक खुसी भएका छन् । गत वर्ष २० वटा उन्नत जातका बाख्रा चौधरीले वितरण गरिन् ।
उनी गाउँपालिकाको वडा नं. १ मा पर्ने हनुमाननगरमा अनुदानमा बाख्रा वितरण गरेकी थिइन् । वडा १ विजयनगरको सबैभन्दा विकट क्षेत्र भएको ठाउँ हो । अन्य वडाको तुलनामा यो ठाउँमा बस्ने नागरिक विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेका थिए । तसर्थ त्यहाँका महिलाहरुको उत्थान हुन सकेको थिएन ।
यी विविध समस्यालाई मध्येनजर गर्दै गत वर्ष हनुमाननगरमा गाउँपालिका उपाध्यक्ष चौधरीले महिला सशक्तिकरण गर्न महिला समुह बनाईन् र २० वटा बाख्रा अनुदानमा वितरण गरिन् । जुन समुहको नाम दीपज्योति महिला समुह हो । बाख्रा वितरण पश्चात् छोटो समयमै राम्रो उपलब्धी भएको पाइएको छ ।
उक्त समुहमा सोमवार अनुगमन गर्न जाँदा धेरै परिवर्तन भएको महसुस गरेको चौधरीले बताईन् । त्यहाँ “अहिले २ देखि ३ वटासम्म पाठापाठी भएको पाइयो” उहाँले भन्नुभयो । समुहले राम्रो काम गर्दै गएको भन्दै उपाध्यक्ष चौधरीले महिला सशक्तिकरणका लागि सचेतनामुलक, क्षमतमा विकास, लेखापाल र सीपमुलक लगायत तालिमहरु दिने प्रतिबद्धतासमेत जाहेर गरेकी छन् ।
व्यवसायिक रुपमा बाख्रापालन गर्न थप प्रोत्साहन मिल्नुको साथै पेसाको रुपमा अँगाल्दै जाने कुरामा जोड दिईन् । उनी महिला समुहको उत्थानमा अझै टेवा पुगोस् र कामकाज, बैठक गर्न र व्यवस्थापन पक्षमा सहज होस् भन्दै महिला भवन पनि बनाउने वाचा समेत व्यक्त गरेकी छन् ।
महिला समुहकी अध्यक्ष सुशिला थारुले महिला समुहमा बसी सकेपछि धेरै कुराको बारेमा थाहा पाएको भन्दै खुसी व्यक्त गरिन् । उनी “समुह गठन पहिला त बोल्न, कुरा गर्न डर लाग्थ्यो, लाज्ले त झन् यति धेरै जनाको अगाडी कसरी बोलम् म सक्दैन” भन्ने कुरा पनि सुनाईन् । समुहमा मासिक १०० रुपियाँको दरले बचत गर्दै आएको थारुले बताईन । “अहिले हामीले समुहमा ७५ हजार रुपियाँ बचत गरी सकेको छु” उनले भनिन् । बचत गरेको पैसा आश्यकता अनुसार १२ प्रतिशतको व्याजदरले काम चलाईरहेको बताईन् ।
यसरी समुहका हाम्रो काम चलिरहेकोले हामी सबै धेरै नै खुसी भएको कुरा व्यक्त गरिन् । यसरी गाउँपालिकाले महिलालाई सहयोग गरेर महिला विकास र चेतनाका लागि राम्रो गरेको भन्दै लक्ष्मी चौधरीलाई धन्यवाद समेत दिईन् । गाउँपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा २० वटा उन्नत जातका बाख्रा वितरण गरिएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया