Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा आज दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाकी ६५ वर्षीया द्रोपती राना र ३३ वर्षीया रतनकुमारी राना छन्। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट वेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्‍याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर सडकछेउमै पल्टिएको हो।

प्रहरीका अनुसार ट्याक्टरमा ३० जनाभन्दा बढी सवार रहेका थिए। घाइतेहरूको झलारीस्थित निजी मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP