Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

चिसो बढ्यो, देशका विभिन्न स्थानमा हुस्सु

काठमाडौं : अहिले बिहान मौसम बदली भई बिभिन्न स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकासहित वागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हुस्सु लागेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  यी प्रदेशका केहि स्थानमा दिउँसोपख हल्का वर्षा र हिमपात हुने उनले बताए। पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असरका कारण हिजो बेलुका काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भएको थियो। 

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत भएको छ। उपत्यकामा आज पनि पानी पर्ने महाशाखाले जनाएको छ । केहि हिमाली भेगमा हिमपात पनि हुने संभावना छ। 

पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको मौसमी न्युन चापीय क्षेत्रको असर गएराति देखि बाहिरिँदै गएकोले हिजोको तुलनामा आज मौसम सफा हुने मौसमविद् कँडेलले बताइन्।

​भोलिदेखि बंगालको खाडीमा बनेको चक्रवातको आंशिक असर पर्ने भएकाले फेरि वर्षा र हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP