Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

काठमाडौं : राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ। धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो। समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए।

तरकारी खेतीमा अब्बल धुनीबेँसी  नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाललाई रु १०-१० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो। जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषकलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा अब्बलरूपमा कृषिमा लाग्न आग्रह गरे।

कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषकलाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए। सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो।

यसैगरी समारोहमा हाम्रो पहल, उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि शीर्षकअन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्टहरूलाई समेत पुरस्कार वितरण गरिएको छ।

दश विद्यालयका २० सहभागी प्रतियोगितामा चन्द्रोदय माविका रेजिना लोहनी प्रथम, नीलकण्ठ माविका कोइशन भण्डारी द्वितीय, बालमन्दिर माविका सुमन गुरुङ, तृतीय र धादिङ बोर्डिङ सेकेण्डरी स्कुलका आदर्श सुवेदीले सान्त्वना पुरस्कार पाए। पुरस्कृतलाई क्रमशः रु दुई हजार, एक हजार ५००, एक हजार र ८०० पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP