कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आगलागी बाट एक घर जलेर नष्ट भएको छ । अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा नगदसहित ४ लाख बराबरको क्षति भएको सशस्त्र प्रहरी बलडालपुरका प्रमुखले जानकारी दिनु भएको छ । आगो टप राना मगरको घरमा लागेको हो । घरमा विद्युत सर्ट भएर आगो लागेको प्रहरी जनाएको छ । आगो विहान साढे ९ बजे लागेको थियो । अहिले आगो नियन्त्रणमा आएको जानकारी प्राप्त भएको छ ।


भुपाल थापा

प्रतिक्रिया