Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना प्रभावः तम्घास छोड्नेको संख्या बढ्यो, बजार सुनसान बन्दै

दिपेन्द्र खत्री

गुल्मी जिल्लाको सदरमुकाम तम्घास वाट हजारैाकाे संख्यामा मानिसहरू गाउँतर्फ लागेका छन । अध्ययन तथा विभिन्न रोजगारीको सिलशिलामा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बसेका जिल्लाबासी तथा छिमेकी जिल्ला अर्घाखाँची, प्युठान वाग्लुड्का बासीन्दा घर फकेका छन ।

लगातार तीन दिनसम्म काठमाडौं तथा बुटबलबाट गुल्मी जिल्लाको सदरमुकाम तम्घास आउँने सवारी साधनमा मानीसहरू भरिभराउ आएको पश्चिम नेपाल बस व्यवसायी संघका कर्मचारीले जानकारी दिए ।

रुटको परमिट बढि भएसँगै जिल्ला आउँनेको संख्या बढी छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास वाट ग्रामिण भेगमा जाने यातायातका साधन, बस जिप पनि भरिभराउँनै देखिन्छन् । विद्यार्थीहरुको विदा भएका कारण पनि गाउँमा जानेको संख्या वृद्धि भएको हो । कोरोना भाईरसको डरका कारण गाउँ जानेको संख्या बढेको हो । जिल्लामा सञ्चालन हुने भनिएकाे गुल्मी महोत्सव पनि स्थगित भईकाे छ ।

रेसुङ्गा बहुमुखी क्याम्पसले पनि अर्को सुचना प्रकाशित नहुन्जेलका लागी क्याम्पस विदा गरेको क्याम्पस प्रमुख हरि वहादुर खत्रीले जानकारी दिए । तम्घासमै बसेका मानिसहरु पनि जरुरी काम बाहेक बाहिर बजारमा निस्केका छैनन ।

जिल्लामा रहेका स्थानिय तहले पनि कोरोनाका कारण अधिकाशं कार्यक्रमहरु स्थगित गरेको छ । कोरोनाकै कारण काठमाडौंबाट जिल्ला भित्रने यात्रुको संख्या भरिभराउँ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP