Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

आज किरात समुदायको उधौली पर्व‚ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : किरात समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन्।

आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन्। बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ। यस्तै, घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने प्रचलन पनि छ।

जाडो याम सुरु भएपछि उधौली याम सुरु भएको मानिन्छ। यस याममा जाडो छल्न चराचुरुङ्गी‚ माछा माथिल्लो भेगबाट तल्लो भेगमा झर्ने गर्छन्। पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको भनी मानिन्छ।

उधौली पर्वको अवसरमा किरात समुदायको बाक्लो बसोबास रहेको ठाउँमा आज मेला‚ महोत्सव पनि आयोजना गरिन्छ। मेलामा याःलाङ (धाननाच)‚ केलाङ (च्याब्रङ नाच)‚ साकेला नाचलगायत परम्परागत नाच नाचेर रमाइलो गरिन्छ। यस्तै‚ परम्परागत खेलहरूको पनि आयोजना गरिन्छ।

यस समुदायमा बाली लगाउने बेलामा उभौली पर्व मनाइने प्रचलन छ। वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरात समुदायले आज उभौली पूजा गरेपछि तल्लो भेगबाट माथिल्लो भेगमा जाने गर्छन्। यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइन्छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा ईश्वरलाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP