Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

नेपालमा थप एक जनामा ‘ओमिक्राेन भेरियन्ट’ पुष्टि

काठमाण्डाै – नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ९८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।

ती वृद्धकाे आइसेलनशमा उपचार भैरहेको प्रबक्ता मिश्राले बताउनुभयो । योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको सङ्ख्या तीन जना पुगेको छ । यसअघि डिसेम्बर ६ तारिखमा दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरिअन्ट देखिएको थियो ।

अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता मिश्राले बताउनुभयो । ओमिक्रोन भेरिअन्ट कोरोना भाइरसको अरू भेरिअन्ट भन्दा चाँडो फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।  

पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई ३३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय १७ जना र चार हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई ७२ जना कोरोनामुक्त भएका छन् । यही दुई जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP