Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

आउँदो हप्ता हिउँदे वर्षाको सम्भावना, यसपालि औसतभन्दा कम पानी पर्ने प्रक्षेपण

काठमाण्डाै – अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ ।

लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो।

आउँदो सोमवार मङ्गलवारदेखि  बादल लाग्ने अनुमान गरिएको छ । यस विषयमा मौसम पूर्वानुमान  महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ ।  पानी परे पछि देशभर चिसो अझ बढ्ने छ ।

यस्तै, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा  यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको हो  । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएकाे छ । यस्तै, कम पानी पर्दा हिउँदे कृषि बालीमा समेत असर पर्न सक्छ ।

विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो ।

यस्तै, आज देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP