Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरणको पक्रियामा

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरणको प्रक्रियामा रहेका छन् । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचना तथा पुनर्स्थापना कामको दायित्व पाएको प्राधिकरणको ६ वर्षे कार्यकाल भोलिदेखि सकिँदैछ । सरकारले २०७२ साल पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । पाँच वर्षे कार्यकाल अघिल्लो वर्ष सकिएको भए पनि एक वर्ष थप गरिएको थियो । तर पुनर्निर्माण काम पूर्ण रुपमा सकिएका छैनन्।

अब बाँकी रहेका धेरैजसो काम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने भएका छन् । पुनर्निर्माण प्राधिकरणसहित विभिन्न मन्त्रालय, विभाग एवं निकाय मार्फत सम्पादन भइरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने भएको हो ।

पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पुँजीगत खर्चको एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धी कार्यहरुको जिम्मेवारी, विश्व बैंकसँगको सम्झौता बमोजिम कार्यान्वयन भइरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडीटीएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धी कार्य अब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्देशक समितिको पछिल्लो बैठकले गरेको निर्णय अनुसार प्राधिकरण अन्तर्गत भइरहेका काम, दायित्व, सम्पत्ति, स्रेस्ता, कागजात तथा विवरणको हस्तान्तरण थालिएको बताउनुभएको छ ।

पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी सङ्ग्रहालय अन्तर्गतको रणोद्वीप दरबारको भौतिक निर्माणको कार्य सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ ।

पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाण्डौ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरिने भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित स्रेस्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा गएको भदौ अन्तिम हप्ता नै हस्तान्तरण भइसकेका छन् ।

निर्देशक समितिको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण भएका बाँकी काम पनि समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले पुनर्निर्माणका बाँकी काममा बजेटको अभाव नहुने विश्वास पनि दिलाउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP