Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

हत्या आरोपमा वडा अध्यक्षसहित चार पक्राउ

सल्यान : सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृत्यु भएपछि प्रहरीले वडा अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।  गत मंसिर २० गते दार्मा गाउँपालिका २ पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृत फेला परेका थिए ।

खत्रीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा उनको मृत्यु रहस्यमय भएको पाइएपछि वडाध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेका तीन जनाले वडाध्यक्षको नाम लिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिए । 

मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई मंसिर २७ गते पक्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते पक्राउ गरेको हो। मृतक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन्।

प्रहरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

चार जनाको अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा भएकाले खत्रीको हत्या वा मृत्यु भनेर भन्न नसकिने प्रहरीको भनाई छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP