Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

विद्युत् व्यापार कम्पनीले लाइसेन्स पायाे

काठमाण्डाै – सरकारले विद्युत् व्यापार कम्पनी खडा गरेकाे छ । ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी हिजाे बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनी खडा गरेको जानकारी दिनुभएको हो । उहाँले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत् उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग वित्तीय कारोबार गर्ने समेतको शेयरबाट लाइसेन्स लिएको बताउनुभयो । मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताउनुभयो । उहाँले अब विद्युत् व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत् नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने बताउनुभयो । त्यसका लागि प्रदेश १ को दूधकोसी, गण्डकीको बूढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको बताउनुभयो । मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् निर्माण खर्चिलो हुने भएकोले यो राज्यले नै बनाउने बताउनुभयो ।

मन्त्री भुसालले सिँचाइको बिजुली निःशुल्क गर्ने योजना बनाएको पनि बताउनुभयो । उहाँले मन्त्रालयले सिँचाइकाे बिजुली निःशुल्क गर्ने योजना बनाएको बताउनुभएको हो । मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजनाहरू सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाइमा खपत हुने बिजुली निःशुल्क दिन सक्ने स्थितिमा मन्त्रालयले योजना अघि सारेको बताउनुभयो ।

मन्त्री भुसालले सिँचाइका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने गाडीलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP