Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

२० लाख स्मार्ट लाइसेन्स छापिए तर, जाँच्ने मेसिन देशभरि ७५ वटा मात्र !

काठमाडौं : नेपालमा स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) छपाइ सुरु भएदेखि हालसम्म २० लाख लाइसेन्स कार्ड छापिसकेको यातायात व्यवस्था विभागले दाबी गरेको छ।

यसबाहेक फ्रान्सबाट ल्याएका १४ लाख थान स्मार्ट कार्ड छाप्ने प्रक्रियामा छ। तर त्यस्ता कार्ड जाँच (रिड) गर्ने मेसिनको संख्या भने अति थोरै छ।

विभागका प्रवक्ता डा.लोकनाथ भुसालले देशभर स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन जम्मा ७५ वटा मात्र रहेको जानकारी दिए।

उनले भने, ‘प्रदेशहरूमा ६० वटा पठाइएको छ, काठमाडौं उपत्यकाभित्र सम्बन्धित कार्यालयमा १५ वटा छन्।’

सडकमा कार्ड जाँच गरिँदैन

विभागले नै पछिल्लो समय स्मार्ट लाइसेन्स कुन नक्कली र कुन सक्कली भनी छुट्याउन नसकेको भन्दै यसको विकल्प खोज्न थालेको चर्चा चलेको छ।

यति मात्र नभई उपत्यकाभित्र नै नक्कली कार्ड छाप्ने गिरोहसमेत भेटिएको छ। 

०७६ साल पुसमा प्रहरीले नक्कली स्मार्ट लाइसेन्सधारी एक सवारीचालकलाई सातदोबाटोबाट पक्राउ गरेको थियो।

महानगरीय अपराध महाशाखाका अनुसार अनुसन्धान गरेपछि नक्कली लाइसेन्स तयार पार्ने न्युरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मार्दा पुरानो फोटो स्टुडियो कन्सर्नबाट ६ जना पक्राउ परेका थिए।

प्रहरीले स्टुडियोबाट केही प्रिन्टर र कागजातहरू बरामदसमेत गरेको थियो। तर पनि जहाँ चेकिङ हुन्छ, त्यहाँ रिडरमार्फत कार्डको चेकिङ गरिँदैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिव शर्मा दासले शंका भएमा मात्रै कार्यालयमा लगेर उक्त मेसिनबाट चेक गर्ने गरेको बताए।

उनका अनुसार महाशाखासँग स्मार्ट लाइसेन्स जााच्ने २ वटा मात्र रिडर मेसिन छ। ‘हामी नक्कली वा सक्कली थाहा पाइहाल्छौँ, शंका लागे यहाँ ल्याएर चेक गर्ने गर्छौं, सडकमै चाहिँ गर्दैनौँ,’ उनले भने।

उनले अहिलेसम्म शंकास्पद लाइसेन्स फेला नपारेको बताए। ‘कार्डमा नम्बर हुन्छ,शंकास्पद भएमा चेक गर्ने मोबाइलमा एप्लिकेशन हामीसँग छ, त्यसैबाट पनि हेर्ने गछौँ,’ उनले भने।

उनका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै १८ लाखभन्दा बढी सवारीसाधन छन्। दैनिक डेढ सय सवारीसाधन थपिने गरेका छन्।

सडकमा बस्ने ट्राफिक प्रहरीले रिडर ​मेसिन बोक्न सम्भव नभएको र यो सडकमा राख्ने सामग्री पनि नभएको उनको भनाइ छ।

स्मार्ट लाइसेन्सवाला मापसेमा परे यसरी हुन्छ कारबाही

प्रहरीले स्मार्ट कार्ड छापिनुभन्दा अगाडि मादक पदार्थ सेवन (मापसे) गर्नेहरुको चालक अनुमतिपत्रमा प्वाल गर्ने गरेको थियो।

५ पटकसम्म लगातार प्वाल परे लाइसेन्स नै निलम्बन गर्ने गरेको थियो। तर,अहिलेको कार्डमा भने प्वाल पार्न मिल्दैन। 

महाशाखाका प्रवक्ता दासले भने नम्बरका आधारमा कारबाही गर्ने गरेको बताए। ‘कार्डमा नम्बर हुन्छ, त्यसमा सबै रेकर्ड हुन्छ,’ उनले भने, ‘मापसे परेकाहरुलाई त्यही आधारमा रेकर्ड राखेर कारबाही हुन्छ।’

उनका अनुसार ५ पटकसम्म मापसेमा परेको भेटिए प्रहरीले जरिवाना गराउने गरेको छ। ६ पटक पुगेमा यातायात व्यवस्था कार्यालयमै पठाउने गरेको छ।

‘त्यस्ता व्यक्तिलाई हामीले त्यहाँ पठाएपछि उनीहरुकै ऐनअनुसार कारबाही गर्ने गर्छ,’ उनले भने।

मापसेमा भने कार्ड भएका र नभएका गरि दैनिक २ सय सवारीचालक कारबाहीमा पर्ने गरेको उनले जानकारी दिए। 

कार्ड थप्नेबारे यसो भन्छ विभाग

महाशाखाका प्रवक्ता दासले कार्ड जाँच्ने मेसिन थप्न आवश्यक नरहेको भनाइ राखे।

उनले भने, ‘सडकमा चेक गरिँदैन, कार्यालयमा लगेर चेक गर्ने हो, त्यसैले थप्न आवश्यक देख्दिनँ।’

विभागका प्रवक्ता भुसालले पनि अफिसमै राखेर चेक गर्ने भएका तत्काल थप्न आवश्यक नदेखिएको र आवश्यक नै परे व्यवस्था गर्ने बताए।​

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP