Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

गोठाला गएका व्यक्ति १८ दिनपछि मृत भेटिए

पर्वत : गत मङ्सिर २४ गतेबाट बेपत्ता भएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहार १२ वर्षीय सन्देश लामिछाने मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार बेपत्ता भएको १८ औँ दिनमा उनको शव मोदीकै दराक नजिकै रहेको रातमाटा भन्ने स्थानमा फेला परेको हो।

बुधबार शवको पोस्टमार्टम गरेपछि शव आफन्तले बुझेका र शवको प्रकृति हेर्दा कुनै जङ्गली जनावरले आक्रमण गरेको हुन सक्ने जस्तो देखिएको डिएसपी बुढाथोकीले बताए।

‘उनको मृत्यु कसरी भएको हो भन्ने बारेमा त्यस्तो पुष्टि त केही भएको छैन। तैपनि शवको प्रकृति हेर्दा कुनै वन्यजन्तुले आक्रमण गरेको हुन सक्ने जस्तो पनि देखिएको छ’, उनले भने, ‘दुवै हातको मासु खाएको अवस्थामा छ। अनुहार त प्रस्ट चिनिएको छ तर शरीरका अन्य भागमा पनि चिथोरेको देखिएको छ।’

उनको खोजीका लागि गाउँले र प्रहरीले निरन्तर प्रयास गर्दा पनि अवस्थाबारे पत्तो लाग्न सकेन। सुस्त मनस्थिति र बोलाइसम्बन्धी समस्या समेत भएका कारण उनको नाम लिएर चिच्याउँदै बोलाएर खोजी गर्दा पनि उनले उत्तर फर्काउन नसक्दा भेट्न मुस्किल भएको थियो।

डिएसपी बुढाथोकीका अनुसार गोरु चराउन गएका उनी घर फर्किएनन्, गोरु मात्रै फर्किएको थियो। हराएकै दिनदेखि स्थानीयले उनी गोठाला गएको क्षेत्रतर्फ खोजी गरेको भए पनि फेला परेनन्।

त्यसपछि मात्रै २७ मङ्सिरमा प्रहरी चौकी डिमुवामा निवेदन गरेपछि प्रहरीले समेत बालकको खोजी थालेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP