Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

खोप व्यवस्थापन र भण्डारणमा चुनौती : खोप लगाउन छुटेकालाई खोप केन्द्रसम्म पुर्याउन आह्वान

काठमाण्डाै – कोरोना विरुद्धको खोपका लागि आवश्यक सिरिञ्ज नहुँदा खोप अभियान प्रभावित भएको छ । गएको १३ गतेदेखि नै १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोप दिने भनिए पनि घोलक र सिरिञ्ज अभाव हुँदा अभियान स्थगित गरिएको छ । यसले गर्दा खोप थुप्रिरहेको छ ।

सिरिञ्ज नहुँदा आएका खोप वितरण हुन सकेको छैन भने सिरिञ्ज अभाव नभएका कतिपय ठाउँमा खोप लगाउन जानेहरुको सङ्ख्या कम छ । यसले खोप भण्डारण र व्यवस्थापनमा चुनौती बढेको छ । सरकारले सबैलाई खोप केन्द्रसम्म पुर्याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अहिले सजिलै पाइरहेका बेला  खोप  लगाएर सुरक्षित हुन आग्रह गर्नु भएको छ । खोपले नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न समेत सहयोग गर्ने भएकाले छुटेकाहरुलाई खोप केन्द्रसम्म पुर्याउन जनप्रतिनिधिसहित सबैलाई उहाँको अनुरोध पनि छ ।

स्वास्थ्य मन्त्रालयले अबको एक हप्ताभित्र सिरिञ्ज आउने अनुमान गरिएकाले अबको १० दिनभित्र फाइजर खोप दिने तयारी थालेको जनाएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेले १० दिनभित्र काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका १२ देखि १७ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोपको अभियान थाल्ने तयारी भएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सिरिञ्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो । सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताउनुभयो । साथै फाइजर खोपलाई चाहिने सिरिञ्ज आउँदो २० गतेसम्म आइपुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनीले बनाएको ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ । यस्तै, मन्त्रालयले दैनिक पाँच लाख डोज खोप लगाउने तयारी समेत गरेको छ । तर, सिरिञ्ज अभाव नभए मात्रै यो लक्ष्य पूरा हुने विज्ञले बताएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP