Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

जाडोको समयमा दुर्घटनाको जोखिम धेरै, सावधानी अपनाऔँ

काठमाण्डाै – जाडोयाममा सडक दुर्घटना धेरै हुने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ । जाडो मौसममा लाग्ने बाक्लो हुस्सु, कुहिरो सँगै शीतलहरले सडक दुर्घटनाको जोखिम बढाउने गरेको छ ।

शीत, तुसारो, हिमपातले सडक चिप्लो र हिलो बनाइदिन्छन्। हुस्सु, तुवाँलोको कारण भिजिबिलिटी कम हुन जान्छ । यसले गर्दा दुर्घटनाको जोखिम धेरै हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले  जनाएको छ ।  महाशाखाकाअनुसार मौसमी अवस्थामा हुस्सु र तुवाँलो नै सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

सामान्य सावधानी अपनाए पनि दुर्घटनाबाट जोगिन सकिने ट्राफिक प्रहरीको भनाइ छ । चालकले सडक र सडकमा भएका अन्य गतिविधिसँगै मौसमी अवस्थाका बारेमा चनाखो भइ नियन्त्रित गतिमा गाडी चलाए दुर्घटनालाई रोक्न सकिन्छ ।

यस्तै,  सडकमा हुने सूचना र निर्देशन चिह्नकाे पालना पनि गर्नु पर्नेछ ।

आफूभन्दा अगाडिको गाडीसँग दूरी राख्ने गर्नु पर्दछ भने ओभरटेक गर्दा समेत ख्याल गर्नुपर्दछ । गाडी चलाउनु अघि इन्जिन ठिक छ, छैन विचार गर्नुपर्दछ भने चिसोबाट हात कठ्याङ्ग्रिन नदिन पञ्जा लगाउनु पर्दछ । त्यसैगरी यात्रु र बटुवाले पनि आफू हिँड्ने बाटोको अवस्थाबारे जानकारी राख्नु पर्दछ ।

सकेसम्म हुस्सु, कुहिरो लाग्ने समयमा मर्निङवाक गर्दा वा सडक छेउमा हिँड्दा टल्किने ज्याकेट लगाउनु पर्छ । कानमा इयर फोन लगाएर गीत सुन्दै वा अन्य सामग्री सुन्दै हिँड्नु हुँदैन । यसो गरेमा जाडोयाममा हुने दुर्घटनालाई रोक्न सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP