Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

सँगै गाेठालाे गएका साथीबीच झगडा हुँदा एक जनाकाे ज्यान गयाे

रुकुम पूर्व – रुकुम पूर्वमा सँगै गाई चराउन जङ्गल गएका एक बालकको ज्यान गएकाे छ । दुई जना साथीबीच झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालककाे नाै वर्षका साथीसँग झगडा भएकाे थियाे । झगडा हुँदा नाै वर्षका साथीले उनलाई कुटपिट गरी भिरबाट धकेलेका थिए । भिरबाट खसालेपछि आठ वर्षीय बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई आफन्तले सोमवार बेलुका रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले ती बालकलाई मृत घोषणा गरेका हुन् ।

कुटपिट गरेर भिरबाट खसाल्ने नाै वर्षका बालक र सँगै गोठाला गएका अर्का आठ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाका अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP