Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ विद्यार्थी मारमा

काठमाण्डाै – कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा आज बिहीवार पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ ।

शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो । लोक सेवाको तालिका प्रभावित हुँदा विद्यार्थी भने समस्यामा परेका छन् ।  

पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था आएको छ । शाखा अधिकृतको अन्तर्वार्ता दिइसकेको दुई वर्ष भइसकेर दुई वटा नयाँ विज्ञापन खुल्दासमेत परीक्षाको टुङ्गो नलाग्दा विद्यार्थीमा मानसिक र आर्थिक समस्या भएको छ  ।

कतिपय पालिकामा कर्मचारीको अभावसमेत हुन थालेको छ । अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदारसहित प्राविधिकतर्फका विद्यालय निरीक्षक र कृषि सेवातर्फका पदमा समेत समस्या देखिन थालेको छ ।

सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरूले कानुनी उपचारमा गएसँगै सर्वोच्च अदालतबाट आएका अन्तरिम आदेशले नयाँ नियुक्तिका प्रक्रिया रोकिएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP