Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज आइतवार बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको छ । 

सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्काे बैठकले पारित गरेपछि लागू हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP