Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

भक्तपुरमा मास्क नलगाउनेलाई कारबाही

भक्तपुर : कोरोना भाइरस संक्रमण पुनः बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आइतवार बसेको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। त्यस्तै‚ सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

यस्तै‚ कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। १२ वर्ष वा सोभन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरुको विश्लेषण गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचारप्रसारलाई तीव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताइन्।

जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज बृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याव्सन र एन प्याव्सन मार्फत निरन्तर प्रचारप्रसार र सहयोग गर्ने निर्णय भएको छ।

यस्तै सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरुमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताए। सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सूचीकृत गैरसरकारी अस्पताल, निजी अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ।

बैठकले संक्रमणका कारण अस्पतालहरुमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्लाका सबै सरकारी र निजी अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

यस्तै‚ नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिहरुसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ। भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर चेम्बर अफ कमर्शको सहयोग र समन्वयमा व्यक्तिगतरुपमा प्रयोग भएका र स्टक रहेका अक्सिजन सिलिण्डरहरु सम्बन्धित उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सीमा नाकामा सुरक्षा निकायले कडाईका साथ जाँच गर्ने निर्णय समेत बैठकले गरेको प्रजिअ शर्माले बताइन्।

भक्तपुरमा हाल १४० सक्रिय संक्रमित रहेका छन। जसमध्ये ५ पुरुष र एक महिला अस्पतालमा उपचाररत छन्। यहाँ ७२ हजार ६६१ जनाको परीक्षण गरिएकोमा १६ हजार ४४६ पुरुष र १४ हजार १६ जना महिलासहित ३० हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा कोरोना संक्रमणका कारण १३२ महिला र २२४ पुरुष गरी कुल ३५६ जनाको मृत्यु भइसकेको छ।

भक्तपुरमा पछिल्ला केही दिन यता दैनिक संक्रमण दर बृद्धि भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मंसिर अन्तिम साता संक्रमण दर ४ प्रतिशत रहेकोमा पुसको पहिलो साता १०, दोस्रो साता १५, तेस्रो साता २० र शनिवार २८ प्रतिशत संक्रमण दर रहेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP